भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,असोज। हाल नेपालमा पश्चिमी वायुका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तर सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।