२०८३, आश्विन २८ गते

बुधवार, आश्विन २८ गते २०८३

इरानलाई रुस र चीनको सहयोग : ' ट्रम्पको अविश्वास '

मंगलवार , आश्विन २७, २०८३

 

वासिङ्टन, असोज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन ।  

उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुनसक्ने उल्लेख गरेका छन । 

 

ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ, “चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु ।

उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ । तर, उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन ।” 

गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । 

त्यसपछि ट्रम्पले रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिना थप आपूर्ति गर्ने सहमति भएको दाबी गरेका थिए ।  उनले यसबाट डिजेलको मूल्य घट्ने बताएका छन ।  

यसैगरी, गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको तीन दिने वासिङ्टन भ्रमणका क्रममा दुई नेताबिच भेटवार्ता भएको थियो । 

छ महिनाभन्दा कम अवधिमा भएको दोस्रो भेटपछि अमेरिका र चीनले दुवै दिशामा ३० अर्ब अमेरिकी डलर बराबरका गैरसंवेदनशील वस्तुको व्यापारमा अनुकूल भन्सार महसुल व्यवस्था गर्ने तथा उदीयमान प्रविधिमा संवाद अघि बढाउने सहमति गरेका थिए । 

ह्वाइट हाउसको तथ्य पत्रअनुसार दुवै देशले सन् २०२६ को मेमा बेइजिङमा स्थापित व्यापार तथा लगानी सम्बन्धी बोर्ड सञ्चालनमा ल्याएका छन् । 

चीनले सन् २०२७ र २०२८ मा कम्तीमा एक करोड मेट्रिक टन अमेरिकी कोइला आयात गर्न पनि सहमति जनाएको छ । एएनआई

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार