काठमाडौं, असोज ।
नेपाली कांग्रेसको महिला खुलातर्फ १५ जना निर्वाचित भएका छन्। १५औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा सहभागी ३६ उम्मेदवारमध्ये १५ जना निर्वाचित भएका हुन्।
निर्वाचित हुनेमा अनिता देवकोटा, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कुसुमदेवी थापा, गंगा दाहाल, चिनी पोखरेल -चिनु), धनाकुमारी खतिवडा, निमा गिरी, विनिता खड्का, वासना थापा, मुना भुसाल, रिता थापा मगर, लक्ष्मी पाण्डे र सृजना अधिकारी छन्। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उनीहरू निर्वाचित भएको जनाएका छन्।