२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

भोटेकोशी बाढी (अपडेट )

भोटेकोशी बाढी : ' एक हजार ४५७ जनाको शव फेला '

चार हजार ७२० अझै बेपत्ता

बुधवार , आश्विन २१, २०८३

 

काठमाडौँ,असोज ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने १ हजार ४५७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा फेला परेका शवहरूमध्ये रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२ जना तथा काठमाडौँमा उपचारका क्रममा २ जनाको मृत्यु भएको हो। 

फेला परेका शवहरूको पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । 

आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ४४० वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।   

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

हालसम्म बेपत्ता रहेका ४ हजार ७२० जनाको खोजी कार्य निरन्तर जारी रहेको छ भने प्रभावित क्षेत्रका १ हजार १७९ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा निर्माण गरिएका होल्डिङ सेन्टरहरूमा राखिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार