२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

रसुवा बाढी

बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरू प्रभावित

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं,असोज । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

रसुवा बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ ।

रघुगंगा गाउँपालिका वडा नं. २, बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. ३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार