२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

शनिबार रातिको मौसम : ' यी - यी स्थानमा मध्यम वर्षा हुने '

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू- भागमा बादल लाग्ने

शनिवार , आश्विन १७, २०८३

 

काठमाडौं, असोज ।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी तीन प्रदेशका हिमाली,पहाडी र तराई भू- भागको एक दुई स्थानमा मध्यम सम्मको वर्षा हुनेछ।

 

आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू- भागमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू- भागमामा आंशिक बादल लाग्नेछ।

महाशाखाका अनुसार देशका तराई भू- भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू- भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू- भागका एक - दुई स्थानमा मध्यमसम्मको वर्षासंगै हिमपातको सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार