२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

कांग्रेस महाधिवेशन : ' ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदै '

शनिवार , आश्विन १७, २०८३

 

काठमाडौं, असोज ।

आइतबारबाट काठमाडौंको खुलाञ्चमा सुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ७ हजार ५०० बढी प्रतिनिधि सहभागी हुने भएका छन्।

खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले देशभरका ७७ जिल्ला र प्रवासबाट समेत गरेर ७ हजार ५०० बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएका हुन्।

 

यो संख्या कांग्रेस महाधिवेशनको इतिहासमा अहिलेसम्मकै बढी उनको भनाइ छ। यो संख्या नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा धेरै हो। यति संख्याको सहभागीता अहिलेसम्म भएको छैन,' प्रवक्ता चालिसेले भने।

यस्तै, प्रवक्ता चालिसिले महाधिवेशनका लागि खाना, खाजा र पार्किङलगायत व्यवस्थापनको काम समेत लगभग सम्पन्न भएको जानकारी दिएका छन्।

भोटकोशी कारण देश शोकमा रहेको उल्लेख गर्दै उनले कुनै तामझाम बिना सामान्य ढंगले पार्टीको महाधिवेशन सम्पन्न गरिने उल्लेख गरे।

प्रवक्ता चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जानकारी दिए। यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन गर्न उनको विश्वास छ।

उनले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने बताए।

विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्ताव अनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उनको भनाइ छ।

उनका अनुसार असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुनेछ।

आइतबारको उद्घाटन सत्रपछि सुरु हुने बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षको लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार