२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

देशभरको मौसम आज

हिमाली तथा पहाडी भू-भागमा बदली : केही स्थानमा वर्षाको सम्भावना

शुक्रवार , आश्विन १६, २०८३

काठमाडौँ. असोज। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका भू-भागमा भने आंशिक बदली रही बिहानपख हुस्सु लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार