२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै

बिहिवार , आश्विन १५, २०८३

 

काठमाडौँ.असोज।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली हुनुका साथै देशका पहाडी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहने तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसै अवधिमा कोशी र बागमती प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, देशका पहाडी भूभागका थोरै स्थानमा समेत हल्का वर्षा तथा हिमपातको सम्भावना दर्शाइएको छ।

यसैगरी, आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र तराई क्षेत्रमा आंशिक बदली रहने छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार