२०८३, मंसिर ५ गते

शुक्रवार, मंसिर ५ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक

२१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित : ' के -के छन त निर्णय ? '

बिहिवार , मंसिर ४, २०८३

 

काठमाडौं, मंसिर ।

नेकपा -एमाले) को केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएका आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगलेले कार्यान्वयन गराउने निर्णय गरेको छ।

राष्ट्रिय भेलालगत्तै काठमाडौंमा बसेको बैठकले भेलाबाट अनुमोदन भएका मुख्य दुई कार्यभार र १५ वटा कामहरूलाई केन्द्रीय कमिटीका सदस्यहरूमार्फत प्रभावकारी तथा सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकले मङ्सिर २६ गते आयोजना हुने वडा अधिवेशन र पुस ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरी सकेसम्म सर्वसम्मत ढङ्गले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिएको बस्नेतले बताए।

वडा तथा पालिका तहको अधिवेशनमा सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रक्रियामा जानुपर्ने अवस्था आए जानुपर्छ भन्ने मान्यता पार्टीको रहेको उनको भनाइ छ।

साथै, जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार मानसिक रूपमा सम्पूर्ण पङ्क्तिलाई तयार राख्न निर्देशन दिइएको उनले जनाए।

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलन गर्नेसहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार