२०८३, मंसिर ५ गते

शुक्रवार, मंसिर ५ गते २०८३

सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट

बिहिवार , मंसिर ४, २०८३

काठमाडौँ, मंसिर । स्थानीय बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले ओरालो लागेको छ।

महासङ्घले बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ निर्धारण गरेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार