२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

सुनको मूल्य  : ' आज ६ हजार ३०० ले घट्याे '

बुधवार , मंसिर ३, २०८३

काठमाडौं, मंसिर ।

नेपाली बजारमा सुन-चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बुधबार सुनको मूल्य ६ हजार ३०० र चाँदी ११० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार २०० पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

महासंघका अनुसार यसदिन प्रतितोला चाँदीको भाउ ३ हजार ३८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार