२०८३, मंसिर ५ गते

शुक्रवार, मंसिर ५ गते २०८३

देशभर पश्चिमी वायु : ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

बिहिवार , मंसिर ४, २०८३

 

काठमाडौँ.मंसिर ।

देशभर पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण बिहीबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

यस्तै, बिहीबार राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार