काठमाडौं, असोज ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्।
‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने।
त्यस्तै, थापाले बकांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउनेताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता समेत थापाले व्यक्त गरेका छन्।
कांग्रेसका असल मौलिक कुराहरूलाई यथावत राखेर कार्यशैली मात्रै बदल्ने उनले उल्लेख गरे। कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा बनाएर देखाउने उनले बताएका छन्।