२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेस निर्वाचनको मतगणना जारी

कांग्रेस १५ औं महाधिवेशन : ' हालसम्म निर्वाचित पदाधिकारी '

बिहिवार , आश्विन २९, २०८३

 

काठमाडौं, असोज ।

नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा भएको निर्वाचनको मतगणना जारी रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा निर्वाचित भएका हुन्।

 

यसैगरी वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल, समावेश उपसभापतिमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।

शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी महामन्त्री प्रदीप पौडेल र उदय शमशेर राणा, डा. डिला संग्रौला )पन्त) निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरी खतिवडा, अजयबाबु शिवाकोटी, डा. मो. फिर्दोश आलम, प्रकाश रसाइली, बहादुरसिंह लामा (तामाङ) , जीवनबहादुर शाही विजयी भएका छन्।

अन्य पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार