२०८३, आश्विन २९ गते

बिहिवार, आश्विन २९ गते २०८३

विभिन्न देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

' भारत, चीन र अमेरिकासहित १० देशका समितिबाट अनुमोदन '

बुधवार , आश्विन २८, २०८३

 

काठमाडौं, असोज ।

संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ। 

बुधबार बसेको सुनुवाइ समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा। निश्‍चल नाथ पाण्डेको नाम अनुमोदन गरेको हो।

 

त्यस्तै सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबरा, जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशी र इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन गरेको हो।

त्यस्तै बैठकले ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, कोरियाका लागि प्रस्तावित राजदूत प्रा डा संगम श्रेष्ठ, स्पेनका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार