२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

नेपाली कांग्रेस

सभापति थापाले भने : ' पार्टीभित्रको फोहोर सफा गरेर अघि लैजान्छौं '

शुक्रवार , आश्विन ३०, २०८३

 

काठमाडौं, असोज ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताएका हुन्। अब हामी घरभित्र अलमलिएर बस्ने होइन।

पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ,पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ, उनले भने। सभापति थापाले नेपाली कांग्रेसले फरक - फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्नेमा जोड दिए।

उनले सामाजिक सञ्जालमा लोकप्रिय हुने होडमा मात्रै लागेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने बताए। 

'अब कसले सुन्छ,कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन।'

विभिन्न मुद्दा र विषय छन्। यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ,बहस गर्नुपर्छ, उनले भने।

समाजमा अनेकौँ समस्या रहेको उल्लेख गर्दै थापाले सबै प्रश्नको उत्तर आफूसँग हुन नसक्ने भए पनि प्रश्नबाट भाग्न नहुने बताए।

उनले समाजका समस्या पहिचान गर्दै तिनको समाधान खोज्न गम्भीर छलफल र बहस आवश्यक रहेको धारणा राखे।

कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार