२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

नवरात्रको छैठौं दिन : ' आज कात्यायनी देवीको पूजा गरी मनाइँदै '

शुक्रवार , आश्विन ३०, २०८३

 

काठमाडौं, असोज ।

दुर्गा पक्ष अर्थात् नवरात्रको छैठौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैठौं दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् ।

उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) ,श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार