२०८३, आश्विन २८ गते

बुधवार, आश्विन २८ गते २०८३

विश्वकप लिग–२

आईसीसी क्रिकेट नेपाल ओमानविरुद्ध मैदानमा

मंगलवार , आश्विन २७, २०८३

काठमाडौँ,असोज। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत अहिले नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको छ । ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले १७ रन जोड्दा आसिफ शेखलाई गुमाएको छ । अर्जुन कुमाल र ईशान पाण्डेले नेपालको ब्याटिङलाई अगाडि बढाएका छन् ।  जारी त्रिदेशीय शृङ्खलामा नेपाल र ओमान दुवै टोली लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो भने ओमानले पनि क्यानडामाथि ४१ रनको जित निकालेको थियो। शीर्ष ६ भित्र पर्दै आईसीसी एकदिवसीय मान्यता कायम राख्न नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

हाल अङ्क तालिकामा ३३ खेलबाट २६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने २९ खेलबाट ३३ अङ्क बनाएको ओमान चौथो स्थानमा रहेको छ। आईसीसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ भित्र पर्ने टोलीहरूले मात्र सोझै आफ्नो एकदिवसीय मान्यता जोगाउन पाउने छन्।

तालिकाको पुछारमा रहने दुई टोलीले भने एकदिवसीय मान्यता जोगाउनका लागि आईसीसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने बाध्यता रहन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार