काठमाडौँ, कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले परम्पराअनुसार नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको गोडा धोएर टीका लगाइदिनुका साथै उपहार प्रदान गरेका हुन्।
नवरात्रका अवसरमा दुर्गा भगवतीका नौ स्वरूपहरू—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका प्रतीकका रूपमा नौ जना कन्याको पूजा गर्ने वैदिक सनातन परम्परा रहेको छ।