२०८३, आश्विन २६ गते

सोमवार, आश्विन २६ गते २०८३

सुदूरपश्चिम प्रदेश सरकार : '३७ अर्ब ७० करोडको बजेट '

आइतवार , आश्विन २५, २०८३

 

धनगढी, असोज ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

यसअघि असार १ गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको हो ।

 

आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आज बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरे । प्रदेश सरकारले पुँजीगत र चालु खर्च नछुट्याइ बजेट सार्वजनिक गरेको छ ।

बजेटको स्रोतहरुमा आन्तरिक राजस्व एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९१ लाख रुपियाँ रहेको जनाइएको छ ।

यसैगरी, सङ्घीय रोयल्टी बाँडफाँटबाट प्राप्त हुने रकम सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२-८३ को बचत रकम नौ अर्ब ६५ करोड, सशर्त अनुदानतर्फ प्राप्त हुने रकम छ अर्ब तीन करोड ५८ लाख रुपियाँ रहेको छ ।

यस्तै, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदान ५२ करोड ७६ लाख रुपियाँ रहेको मन्त्री मल्लले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार