२०८३, मंसिर ६ गते

शनिवार, मंसिर ६ गते २०८३

निर्वाचन आयोग - राजनीतिक दल छलफल

आयोगले भन्यो :  " निर्वाचन मितिबारे अहिले नै बोल्न हतार हुन्छ "

' सबैको सहमतिमा नै स्थानीय र प्रदेशसभा निर्वाचनको मिति तोक्न सरकारमा सिफारिस '

शुक्रवार , मंसिर ५, २०८३

 

 

काठमाडौं, मंसिर ।

निर्वाचन आयोगले सबैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ ।

शुक्रबार प्रमुख राजनीतिक दलहरू सँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायक भन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमति अनुसार निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरिने बताएका हुन्।

उनले निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुने उल्लेख गरे ।

सङ्घ र प्रदेशको चुनाव सँगै तथा स्थानीय तहको  अलग समयमा गर्ने परिकल्पना अनुसार कानुनी र संवैधानिक व्यवस्था गरिएपनि गतवर्ष विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएकाले तालिकामा फेरबदल परेको उनको भनाई छ।

प्रवक्ता भट्टराईले संवैधानिक तथा कानुनी व्यवस्था अनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले दलहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आयोगले परामर्श उपलब्ध गराउने उल्लेख गरे।

निर्वाचन आयोग निर्वाचन गर्न स्थापित संवैधानिक निकाय भएकाले निर्वाचनका लागि तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार