काठमाडौँ, असोज ।
नेपाली सेनाले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाले उद्धारका लागि एमआई १७ सहित ४ वटा हेलिकोप्टर परिचालन गरेको छ।
त्यसैगरी, स्थलमार्गबाट खटिएको टोलीले समेत प्रभावित क्षेत्रहरूमा उद्धार कार्य जारी राखेको छ। हवाई तथा स्थलमार्गबाट उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएको छ।
अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।