२०८३, आश्विन २६ गते

सोमवार, आश्विन २६ गते २०८३

' अब ठुलो वर्षाको सम्भावना छैन '

पश्चिमी वायुको प्रभाव : ' आजदेखि मौसममा सुधार आउने '

आइतवार , आश्विन २५, २०८३

 

काठमाडौँ, असोज ।

मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण सुरु भएको वर्षामा आइतबार (आज) देखि सुधार हुने भएको छ ।

मनसुन पूर्वी नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हँदा ठुलो वर्षाको सम्भावना कम देखिएको हो ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालले शनिबार सञ्चारकर्मीसँग भने, ' कोशी, मधेश र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लागेकाले घाम कम लागेको छ ।

साथै कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको उनले बताए । उनले सोमबारदेखि देशैभर मौसम सफा भई घाम लाग्न सक्ने बताए । उनले भने, ' अब ठुलो वर्षाको सम्भावना छैन ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार