२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

यस वर्ष दशैँको: टीकाको उत्तम साइत बिहान १०:२६ बजे

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ,असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत आगामी कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको जनाएको छ।

विजयादशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने र टीका लगाइदिने तथा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको तालिकाअनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबार परेको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअघि बिहान ११:४७ बजे त्यसको शान्ति गरेर घटस्थापना गरिनेछ।

यसैगरी असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने साइत, असोज २९ गते बिहीबार श्री पचलीभैरव यात्रा, असोज ३१ गते शनिबार फूलपाती तथा श्री तुलजाभवानी यात्रा, कात्तिक १ गते आइतबार महाष्टमी र कात्तिक ३ गते मङ्गलबार महानवमी परेको छ।

कात्तिक ४ गते विजयादशमीका दिन देवी विसर्जन र टीकाको साइत सम्पन्न हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार