काठमाडौँ, असोज।
इन्द्रजात्राको पहिलो दिन (येँया) को अवसरमा बुधबार सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा ‘द लोकल्स’ संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा हनुमानढोका परिसरको महादेव पार्वती डबलीमा ६१५ जनाले विभिन्न पाँच समूहमा नृत्य प्रस्तुत गरेको थियो ।
आमा, समूह, युवा समूह, युगल, धिमे, बाँसुरी समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका हुन् ।