२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

प्रतिनिधिसभा बैठक

सभामुख अर्यालकाे निर्देशन : ' असंसदीय अभिव्यक्ति हटाउनु '

छिमेकी तथा मित्र राष्ट्रको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशय

सोमवार , भाद्र ८, २०८३

 

काठमाडौँ, भदौ ।

सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनमा व्यक्त गरेका असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन ।

सभामुख अर्यालले आजको बैठकमा छिमेकी तथा मित्र राष्ट्रको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरुको ध्यानाकर्षण गराए ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार