२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

नेपाली कांग्रेस विवाद

डा. शशांकले भने : ' अवैधानिक महाधिवेशनमा सहभागी नहुनू '

शुक्रवार , भाद्र ५, २०८३

 

काठमाडौं, भदौ ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५ औं केन्द्रीय महाधिवेशन क्रियाकलापहरूमा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय समितिको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकन अनुमति (निस्सा) दिएकाले यस्तो अवस्थामा महाधिवेशन गर्न नहुने भन्दै कोइरालाले यस्तो आग्रह गरेका हुन्।

 

सभापति गगन थापा पक्षले गरेको विशेष महाधिवेशनलाई कोइरालाले कथित महाधिवेशनको संज्ञा दिएका छन्। विशेष महाधिवेशन पक्षले १५ औं महाविधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा आफूहरुको ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्।

पार्टीभित्र गम्भीर विवाद कायमै रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले १५ औं महाधिवेशन गरेमा पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने कोइरालाको जिकिर छ।

आगामी स्थानिय र प्रदेश तहको निर्वाचनमा पनि पार्टीलाई झनै नकरात्मक असर पर्ने उनको भनाई छ। कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवासहित संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका छन्।

साउन २९ देखि ३१ गतेसम्म कोइरालाकै संयोजकत्वमा राष्ट्रिय भेला भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार