२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

देशभरकाे माैसम : 'मङ्गलबारसम्म यी प्रदेशमा भारी वर्षा हुने '

केही स्थानमा हावाहुरीको सम्भावना

सोमवार , भाद्र ८, २०८३

 

 

काठमाडौँ, भदौ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

सोमबार राति कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू- भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

बुधबार कोशी प्रदेशको हिमाली र पहाडी भू- भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू- भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार