२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

रास्वपाको कार्यशाला : " नीति, सङ्गठन र नेतृत्व मन्थन "

शनिवार , भाद्र ६, २०८३

 

काठमाडौँ, भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति, सङ्गठन र नेतृत्वसम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ ।

रास्वपा कार्यशाला, नीति, सङ्गठन र नेतृत्व, शृङ्खला १ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए ।

 

आज नेपालको चित्र, हामी कहाँ छौँ? शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ ।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबिचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम छ ।

र्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने? मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार