२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘नेपाल - अफ्रिका चलचित्र महोत्सव’ असारमा

बिहिवार , जेठ १०, २०८१

 

काठमाडौँ, जेठ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ ।  

असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिएका छन ।  

“नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको छ । 

महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । सो अवसरमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले बताए । 

उनले यही जेठ १५ गतेसम्म नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि समय दिइएको जानकारी दिए ।  महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार