२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

धनकुटामा सुमो दुर्घटना हुँदा एकको मृत्यु

आइतवार , आश्विन ४, २०८३

धनकुटा,असोज । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ । 

 धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन । 

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार