२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

एक्सन र प्रेमको रोचक टक्कर' हन्टर ' : असोज ९ मा प्रदर्शन

आइतवार , आषाढ १४, २०८३

 

काठमाडौं, असार ।

जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ' हन्टर ' को प्रदर्शन मिति घोषणा गरिएको छ । मान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल अर्थात् ' हन्टर' र ' सिकार' बीचको लडाइँ भएको प्रस्ट्याउँछ ।

पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको उग्रताभन्दा बिल्कुलै फरक दृश्य छ । जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ ।

 यसले के बुझाउँछ भने चलचित्रमा जति कडा एक्सन छ, त्यति नै गहिरो प्रेम कथा पनि बुनिएको छ । सायद, यही प्रेम नै पछि गएर ठूलो द्वन्द्वको कारण बन्ने देखिन्छ ।

चलचित्रका लेखन तनिर्देशक सिंहका अनुसार ुहन्टरु को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।

ुहन्टरु को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन -भीमसेन शाही) हुन् ।

चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ ।

निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ ।

दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो चलचित्रले ुमास अडियन्सु लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । 

एक्सन, इमोसन र ड्रामाको समिश्रण रहेको ुहन्टरु ले पोस्टरमार्फत जुन खालको ुहाइपु सिर्जना गरेको छ, त्यसले फिल्म क्षेत्रमा सकारात्मक चर्चा सुरु गराएको छ ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार