काठमाडौं, कात्तिक ।
साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा अडिएको हो।
साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेको थियो। मंगलबार ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।
नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५८ वटा स्क्रिप्सको २ करोड २१ लाख २३ हजार ४१४ कित्ता सेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ९८ वटा स्टक्सको मूल्य बढ्दा १७१ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
हिमालयन रिइन्स्योरेन्सको सेयर ११.४८ प्रतिशतले बढ्दा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको सेयर८.६५ प्रतिशतले बढ्यो।कारोबार रकमका आधारमा स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन शीर्षस्थानमा रह्यो।
सो हाइड्रोले ८५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। घोराही सिमेन्ट इन्ड्रस्ट्रिजले ५१ करोडको कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले ३६ करोड, एनआईसी एसिया बैंकले ३२ करोड र घलेम्दी हाइड्रोपाले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
चार समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक नकारात्मक देखिए। लाइफ इन्स्योरेन्स,म्युचुअल फण्ड,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक बन्दा बाँकी समूहको उपसूचक नकारात्मक देखिए।