काठमाडौं, कात्तिक ।
शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक २.०५ अंकले घटेर २६९३.५५ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ७० वटा स्क्रिप्सको १ लाख २० हजार ६४४ कित्ता सेयर ६९ लाख २८ हजार ३६२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।