२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

सम्राटले गरे : चलचित्र ' दुर्गा ' निर्माण घोषणा

मंगलवार , श्रावण १९, २०८३

 

काठमाडौं, साउन ।

सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ' दुर्गा ' निर्देशन गर्न लागेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् ।

मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ' दुर्गा ' हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी दुईबीच केही सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । नामले यो सिनेमाको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ ।

सिनेमा महिलाप्रधान रहेको पनि अनुमान लगाउन सकिन्छ । मन्दिरमा रातो कलरको अधिकता र युवतीले पनि रातो नै कलरको लुगा लगाएको देखाइनुले सिनेमामा हत्या वा हिंसा प्रचुरमात्रामा रहेको बुझ्न सकिन्छ । तर, सिनेमाको दुर्गाको हो भनेर जानकारी दिइएको छैन ।

कलाकार र प्राविधिक टिमबारे निर्माण टोली मौन रहेको छ ।चाँडै नै हामी चलचित्रका मुख्य कलाकारबारे जानकारी दिने छौँ । केही कलाकार अडिसनबाट छान्ने हाम्रो तयारी छ, निर्देशक बस्नेतले भने, सिनेमा मिथोलोजिकल हुनेछ ।

कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका छन् । ९० दिन छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, पोखरा र चितवनमा खिचिनेछ ।

असोजको पहिलो साताबाट चलचित्र छायांकनमा जानेछ । पछिल्लो समय निर्देशक बस्नेतको निर्देशन रहेको चलचित्र लाखे रिलिज भएको थियो । यो चलचित्रको केही दिन अगाडि मात्रै युट्युब रिलिज गरिएको थियो ।

 

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzQhVhXNbpwZxzbwdpBWVwvlFchW?projector=1

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार