२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गायक तथा सङ्गीतकार आचार्यको निधन

सोमवार , फाल्गुण १४, २०८०

 

काठमाडौँ, फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । 

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिएका छन ।

अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो । 

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चारसय गीतमा आवाज दिएका छन ।  

गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताए । । 

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार