२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र

मंगलवार , माघ २, २०८०

 

काठमाडौँ,  माघ । नेपाल चलचित्र तथा सांस्कृतिक (निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ  । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिनुभयो । 

निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताउनुभयो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गर्नुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार