२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘ह राम पण्डित’ मञ्चन हुँदै

शुक्रवार , भाद्र २२, २०८०


काठमाडौँ, भदौ । स्वर्गीय भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ । 

निर्देशक बारत लिम्बूले निर्देशन गर्नुहुने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार गरिरहेको छ । 

जीवनमा गरेका कामको आधारमा मृत्युपछि स्वर्ग वा नर्कमा जानुपर्ने हिन्दू धर्ममा आधारित लोक विश्वासमा रहेको नाटक यही भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटरमा मञ्चन हुनेछ ।

 ‘‘पाप र धर्मको लेखाजोखा हुँदा यो प्रणालीमा मृतकले चित्रगुप्तको कार्यालयमा प्रशासनिकरूपमा सामना गर्ने झमेलालाई नाटकमा प्रस्तुत गरिएको छ’’, निर्देशक लिम्बूले भन्नुभयो । 

नाटकमा श्रवण राना मगर, विकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गर्नुहुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार