२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बराइलीको तीजको बेलामा सार्वजनिक

बुधवार , श्रावण १०, २०८०

काठमाडाैँ, साउन । गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत तीजको बेलामा सार्वजनिक भएको छ । महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो ।

गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाँङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ ।

निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेका छन ।

गायक बराइलीले यसअघि मल्लाज दरबार , जिउन सिकायो, मेरो प्यारो मल्लाज गाउँ, तीजको बो नाच बरिलै, विश्कर्मा बाबा, पर्वते ठिटो, मायामा भुलियो, पासो भो, सालैजो, अन्त नजर लाउन छोड्ने छु, शोकले मरिन्छ कि भोकले लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसकेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार