काठमाडौ, साउन । बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” कोे लािग आवेदन खुल्ला गरिएको छ ।
बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम प्रतिभा नक्षत्र यही अगस्ट २६ मा लन्डन प्लमस्टिडको एशियन कम्यूनिटी सेन्टरमा आयोजना हुनेछ । उक्त कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाइनमार्फत पनि आवेदन दिनसक्ने आयोजक संस्था प्रतिभा नक्षत्रले जनाएको छ ।
प्रतिभा नक्षत्रका अध्यक्ष सिम्मी पुनका अनुसार प्रतिभा नक्षत्र कार्यक्रम बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा उनीह्रुको प्रतिभा प्रर्दशन गर्ने उद्येश्यले आयोजना गर्न लागिएको होे ।
undefined
नेपाली गीत, संगीत, नृत्य, कला, साहित्य, चित्रकलालगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउनसक्ने प्रतिभा नक्षेत्रका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन । ।
उनका अनुसार भने नेपाली बालबालिका र युवाहरुलाई नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने विभिन्न खालका कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी, विभिन्न नेपाली परिकारका खानाहरु, नेपाली खेलहरुदेखि चङ्गा उडाउने र साहित्यिक सामग्रीहरुको बाचन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपाली मूलका बालबालिकाको सहभागिता रहने प्रतिभा नक्षत्र कार्यक्रममा बाल तथा युवा गरी दुई छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ ।
युथ नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हु्नेलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड तथा यसैगरी बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले पनि क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड पुरस्कार प्रदान गरिन ेआयोजक संस्थाले जनाएको छ ।
बाल समूह अन्र्तगत ६ वर्षदेिख ११ वर्षसम्मका बालबालिका र युथ अन्र्तगत ११ देखी १९ वर्षका यूवाले भाग लिन सक्नेछन । चार वर्षदेखि नियमित हुदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका केही कार्यक्रम यस वर्ष थप गर्न लागिएको छ ।
यस वर्ष पहिलो पटक कार्यक्रमस्थलमा थारु संस्कृति झल्काउने थारुघर र नेपाली मौलिकता झल्काउने विभिन्न स्टलहरु राखिने तयारी भइरहेको छ ।