२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

'कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध' : उपप्रधानमन्त्री श्रेष्ठ

शुक्रवार , बैशाख १५, २०८०


काठमाडौँ, बैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन । 

मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले कला, संस्कृति, गीत–सङ्गीतलाई प्रोत्साहन गर्दै लगिएको बताए । 

“कला, संस्कृति, गीत–सङ्गीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने । समाजको विकासमा कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले म्युजिक अवार्ड विजेता कलाकारबाट समाजले आगामी दिनमा कला संस्कृति, गीतसङ्गीबारे धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे । 

म्युजिक अवार्ड वितरण समारोहका अध्यक्ष सुमन पण्डित ‘बैरागी’ले नेपाली गीत–सङ्गीत क्षेत्रलाई क्रियाशिल बनाउन म्युजिक खबर टिमले विगत एक दशकदेखि अवार्ड प्रदान गर्दै आइरहेको जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार