२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

‘व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस्’ : कलाकार मदनकृष्ण श्रेष्ठ

शुक्रवार , भाद्र ३१, २०७९


काठमाडौँ, भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गर्नुभएको हो । यहाँ आज काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गर्नुभएको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उहाँलाई शुभकामना दिनुभयो ।

सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताउनुभयो । उहाँले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिनुभयो । 

मह जोडी सम्मानित 

कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कामपाले सम्मानित गरेको छ । दुवैदाई जनही रु ५१ हजारसहित सम्मान गरिएको हो । कलाकारिताको माध्यमबाट पु¥याउनुभएको योगदानको कदर गर्दै प्रमुख साहले कलाकार दुवैजनालाई नगद र प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।  

सम्मान ग्रहणपछि कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिनुभयो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार