२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गजल

आइतवार , चैत्र २२, २०७७

  • अस्मीता भन्डारी

बैगुनीलाई ब्यर्थै त्यति माया गर्‍याै

मनमाया कसाे गरी निष्ठुरीकाे नजिक पर्‍याै

मनमाया ? थाहा छ, तिम्रो घाउ बल्झ्याे,

राेयाै एकतमासले त्यसैले त झिसमिसेमै बसाइँ सर्‍याै मनमाया !

छिमेकीकाे नाताभन्दा ठूलाे अर्को के नै हुन्छ ?

निर्माेहीकाे विश्वासमा खै गर्नु गर्‍याै मनमाया !

अाईमाईकाे मात्रै कसुर देख्ने हाम्रो समाजमा

कसाेकसाे गरी धन्न तमाेर तर्‍याै मनमाया !

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार