बाँके, असार । सतिप्रथा उन्मुलन भएको १ सय बर्ष पुगेको अबसरमा डा.विन्दा पाण्डेद्धारा लिखित समानताका पाइलाहरु पुस्तकको शुक्रबार समिक्षा जुम वेभिनारद्धारा सम्पन्न गरीएको छ । १९७८ मा चन्द्रशंसेरको पालामा १७६ जना महिलाले समाधि गरेका थिए र सति प्रथाको अन्त्य भयो । जसले गर्दा हाम्रा हजुर आमाहरु पतिसँग सति जानु परेन । समानताका पाइलाहरु पुस्तक २०७४मा लेख्न शुरु गरी २०७६ सालमा प्रकाशन गरीएको थियो । जसमा नालापानीदेखि अहिलेसम्म महिला अधिकारको निम्ति संगठित हुँदै आएको जसमा महिला आन्दोलनको विश्लेषण गरिएको छ ।
उक्त कितावमा लेखिएको छ, नेपालको कम्प्युनिष्ठ आन्दोलनमा महिलाको योगदान र सशक्तिकरणको सवाल उठाइएको छ । कम्युनिष्ट पार्टीले चुनावको बेला उठाएका महिला अधिकार कति कार्यान्वय भए कति भएनन् भनी विष्लेषण गरिएको छ । सतिप्रथा अन्त्यको निम्ति २७६ जना अनुयायीले आत्मदह गरेको कुरा, नेपाली राजनीतिमा महिलाको किन आवश्यकता भयो भुमिका के रहयो भन्ने करा, नेपाली महिला आन्दोलनलाइ लिपिबद्ध गर्नमा महत्वपुणर् योगदान पुर्याएको कुरा उल्लेख छ ।
साथै उक्त पुस्तक ९ खण्ड ५ चरणमा लेखिएको छ । जसमा नालापानीदेखि २००७ साल, ०१७ साल, ०३६ साल, ०४६ साल , ०६२/६३ साल र ०७४ सालमा गरिएका महिला आन्दोलनको इतिहास समेटिएको छ । कुन कुन कालखण्डका महिला आन्दोलन अगाडि बढ्यो भनेर चर्चा गरीएको छ । हिजो सति प्रथा थियो आज दाइजो प्रथाले महिलालाइ मारेको छ । राजनीतिमा सामाजिक, सांकृतिकरुपमा रुपान्तरण हुदै हातेमालो गर्न जरुरी छ । आधारभुत रुपमा राजनैतिक अधिकार लिपिवद्ध भए पनि कार्यान्वयन भएको छैन ।
जसको हातमा कलम हुन्छ उसको इतिहास मात्र लेखिने भएकाले पहिला पुरुषको हातमा कलम भएका कारण इतिहास पनि पुरुषको मात्र लेखियो महिलाको लेखिएन माननीय डा. विन्दा पाण्डेले भनिन । उहाँले २०४९ सालमा स्थानिय निकायको चुनावमा ४० हजार महिला राजनीतिमा आएको र हाल ४० प्रतिशत महिला राजनीतिमा सहभागी भएको बताइन ।
दिव्य अधिकारी आमाको अनुभवबाट शुरु भएको मिटिडमा आमाले आफुले नपढे पनि महिलाको अधिकारमा वकालत गर्नमा अग्रपंक्तिमा उभिने गरेको बताइन । सति प्रथाको अन्त्य नभएको भए सायद योगमाया न्योैपाने नै महिला आन्दोलनको पहिलो व्यक्ति हुनुहुने थियो ।
महिला मानब अधिकार रक्षकको राष्टिय संजालका अध्याक्ष डा . रेणु अधिकारीले महिला हिंसामा परे भनी सेफ हाउस बनाउने होइन हिंसा गर्नेलाइ घरबाट निकाल्नु पर्ने बताउदै महिलाले गरेको घरभित्र वा बाहिरको कामको मुल्यांकन हुन जरुरी रहेको जनाइन । उहाँले महिला समानताका लागि अब संगठित आन्दोलनको अवश्यक रहेको बताइन ।
यसैगरी जुम वेभिनारमा पुस्तकबारे चर्चा गर्दै महिलालाइ आर्थिकमा कसरी जोड्ने, राजनीति फोहोरी खेल भनी युवाहरु राजनीतिमा आउन नचाहेकोले कसरी युवालाइ राजनीतिमा आकर्षण गर्ने ? श्रीमान राजनीतिमा भएका कारण महिला राजनीतिबाट पलायन हुनुको कारण के ? ३३ प्रतिशत कार्यान्वयन नभइ रहेको अवस्थामा ५० प्रतिशत महिला सहभागीता कसरी गराउने ? जस्ता सावाल उठाउन जरुरी रहेको टिप्पणी कर्ता बासुदेव , सृष्टि गिरी, प्रियांका, प्रदीप गीरीलगायत सहभागीले टिप्पणी गरेका थिए ।