२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गद्य कविता भाव : "चाहना असल शब्दको"

शुक्रवार , आषाढ २६, २०७७

 

कविता लेख्दा वेदका ऋचा झै अति नै शक्तिशाली र सुमधुर शब्द लेख्न सकियोस् !
आमाको ममता सरि अपूर्व बनेर सम्पूर्ण मानव र यो देशको पनि भलाई मेरा शब्दले गरोस् !!

कविता हाम्रो हिमाल र यो देशको नक्सा झैँ सुन्दर,शान्त विशाल बनाएर लेखिएको काव्य झैँ होस्!
नेपाली मनको आशा र विश्वास सरि चोखो र सङ्लो अनि अबोध पनि बनोस् !!

 

अनि यसो पनि होस :

हिमालका हरेक सुन्दर लहरहरुझै
शब्द मिठा बुनियोस् !!
माहा भारतका कथा झैँ कविता
सुनिरहुँ जस्तो होस् !!

रामायणका सुन्दर काण्डझैँ
निरुत्तरित प्रश्न बनोस !
वेदकाऋ्चा भन्दा नि सुन्दर
हरेक हरफ बनोस् !!



चट्टानसित पुगेर ठोकिदा कविता संजीवनी बनोस् !
नदीमा पुगेर पढ्दा कविता उर्जाको मेघावाट झैँ बनोस् !!


घामको किरणसित मिलेर कविताले जगतको श्रृष्ठी थामोस्!
चन्द्र छेउ पुग्दा कविता मनको मायालु भाव र शोभा नै बनोस !!



चौध अञ्चल पुग्दा कविता देशको विकासको मन्त्र बनोस् !
सतहत्तर जिल्ला पुगेर कविता सातै प्रदेशको समृद्दि मागोस्!!



कर्णाली र सिञ्जा पुगेर तिनै क्षेत्रको बिकासको नीति कोरोस् !
अव त मेरो देश नै कविको कल्पनाको सुन्दर एउटा देश बनोस् !!



कविताले हरेक मनको सारा दम्भ
जति तोड़ोस्!
कविता माइतीको असल मायाँ
जस्तो सौम्य होस् !!



कविता मायालुको पवित्र अङ्गालो झै न्यानो र मिठो बनोस् !
कविता सन्तानको मायाँ आफैसाथ
र आमा बाबाको ममता झैँ होस् !!


कविता मिठो भोजन झैँ पवित्र र स्वादिलो बनोस् !
कविता कविको सुन्दर कल्पनामय हृदय झैँ कोमल होस् !!

कविताले देशको विकास र समृद्दि
पनि सॅधै बढाओस्!
जनताका खातिर त्याग र तप गर्ने
शब्द सत्तासिनलाई दियोस्!!



कविता कुनैपनि देशको गरिमा र
ताज झै बनोस!
यो विश्व बजारमा पुगेर हिमालहरुको प्रतिक बनोस्
!!
मेरो देशको हरेक कण कणमा बसेर नेपालीको मन भरी ज्ञान छरोस् !
कविताले एउटा सद्दवीज छरोस् र नेपाली मनलाई एक सुत्रमा बाँधेर हिमाल पाहाड र तराइको सेतु बनोस् !!९

“सुवा"

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार