घाउ दुख्छ मदेशमा , कहिले पहाडमा....
सेक्नै पर्ने खाटाहरु , धेरै रै'छन् जिन्दगीमा !
काेराेनाकाे कहर सँगै थपिएको 'सलह' झैं
थेग्नै पर्ने सन्नाटाहरु, धेरै रै'छन् जिन्दगीमा !
जिन्दगीको मानचित्रमा , यात्रा गर्न बाँकी नै छ
पाईलै पिच्छे काँटाहरु , धेरै रै'छन् जिन्दगीमा !
बुझ्न बाँकी, पाटाहरु धेरै रै'छन् जिन्दगीमा
हिड्नै पर्ने , बाटाहरु धेरै रै'छन् जिन्दगीमा !