मिलेर राम्रो काम गर्नुपर्छ
अजर अम्मर को छ र यहाँ
सबैले एक दिन मर्नुपर्छ।
थाहा छैन यो सफर कसरी भयो
अन्जान थिए अजनवी थिए आफैमा
फेरि मायाको रहर कसरी भयो ।
मन फुकाएर म रुन सक्दिन
कस्को सामु दुखेको बदन लिएर जाऊ
ऊ क्षितिज पारी छुन सक्दिन ।
मन भित्र चेतनाको दिप बाल्दैछु म
जिन्दगीको गोरेटोमा धेरै पटक लडेकोछु
र पनि बिद्रोहको पाइला चाल्दैछु म।
सँगसँगै तर्नुपर्छ खोली पिरतिको
रंगिन बनाउनुछ जीवन दुबै मिलिजुली
हाँसी हाँसी भर्नुपर्छ झोली पिरतिकाे ।