काठमाडौँ, असोज ।
बजारमा उपभोक्ताले जुुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने भएको छ । दशैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो ।
घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट उपभोक्ताले ग्यास सलिन्डरसाट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका ६ स्थानबाट उपभोक्ताले आफूसँग भएको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग निःशुल्क रूपमा साटेर तोकिएको मूल्यमा भरिएका सिलिन्डर पाउन सक्नेछन् ।
संघका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साइबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउनेछन् ।
यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ । निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान ९ः३० देखि अपराह्न ४ बजे सम्म ग्यास वितरण हुनेछ ।
संघका अनुसार, चाडपर्वमा उपभोक्ताले सहज होस् भनेर एक साताका लागि जुुनसुुकै कम्पनीका सिलिन्डर साट्न व्यवस्था गर्न लागिएको हो ।