२०८३, आश्विन १९ गते

सोमवार, आश्विन १९ गते २०८३

कांग्रेसको १५ औँ महाधिवेशन

कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौँमा

आइतवार , आश्विन १८, २०८३

काठमाडौँ, असोज। नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा शुरू हुँदैछ।

पाँच दिनसम्म सञ्चालन हुने यस महाधिवेशनमा देशभरि तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहनेछ।

महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ वैचारिक दिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नेछ। उद्घाटन सत्रलाई भव्य र सुव्यवस्थित बनाउन खुलामञ्च परिसरको मञ्च सजावट, सुरक्षा व्यवस्थापन तथा अन्य प्राविधिक तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार